संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूकाे माग
१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको विपक्षी दलको बैठकले संसद् बैठक आवश्यक भएको निष्कर्ष निकालेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देनले बताए।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए । त्यस्तै नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल,जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओली सहभागी थिए ।
प्रकाशित मिति : November 2, 2026 at 3:02 pm










