१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

१६ कात्तिक, काठमाडौं । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो।प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको नगद फेला पारेको थियो।

 प्रहरीका अनुसार दासको साथबाट एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट बरामद भएका छन्। बरामद रकमको कुल परिमाण १० लाख रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 2, 2026 at 4:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/