३२ अंकले घट्यो नेप्से, ७ अर्ब १८ करोडको कारोबार
१६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको १ करोड ९८ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बेनी हाइड्रोपावरको सेयर मूल्य यस दिन सर्वाधिक १३।५८ प्रतिशत बढेको छ। सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य यस दिन करिब ५ प्रतिशतले घटेको छ। यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३७ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : November 2, 2026 at 3:19 pm










