१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

प्रदेश ३ का मुख्यमन्त्रीको निवासबारे आएको समाचारप्रति सचिवालयकाे ध्यानाकर्षण (विज्ञप्तिसहित)

२८ कात्तिक, काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्रीको निवाससँग जोडिएर आएको समाचारप्रति निजी सचिवालयकाे ध्यानाकर्षण भएकाे  भएकाे जनाएकाे छ । मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवाससँग जोडिएर आएको समाचारको ३ नम्बर प्रदेश कार्यालयले खण्डन गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको निजी सचिवालयले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार ३ नम्बर प्रदेशका मुख्यमन्त्रीको शंकाष्पद निवास शीर्षकमा एक राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेको थियो । घरको मर्मत, विद्युत वाइरिङ्ग, शौचालयका सेनेटरी समान र रंगरोगनका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमार्फत खर्च भएको तथा आवासको लागि फर्निचर लगायतको सामाग्रीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खर्च भएको भनी जानकारी गराइएको छ।

विज्ञप्ति

प्रकाशित मिति : November 14, 2018 at 7:13 pm