१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

प्रस्तावित राजदूत थापामाथि जापानको स्थायी आवासीय अनुमति (पीआर), नागरिकता र त्यहाँ रहेको उनको सम्पत्तिको कानुनी हैसियतलाई लिएर उजुरीहरू दर्ता भएका थिए ।

प्रकाशित मिति : November 2, 2026 at 4:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/