१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

करबापतको रकम बुझाउन सेयरधनीलाई सूर्योदय वोमी लघुवित्तको आग्रह

१९ साउन, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई अनुराेध गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हाे ।

कम्पनीले आज एक सूचना जारी गर्दै साे आर्थिक वर्षको बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो। सेयरधनीहरूले करवापतकाे रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सम्वन्धित सेयरधनीहरूकाे खातामा पठाइने संस्थाले जनाएको छ। गत वैशाख ३० गते सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित गरेको थियो।

२०७८ चैत १९ गतेदेखि २०८० वैशाख १४ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीहरुले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्नुपर्नेछ। साथै, बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरुको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात मात्र खातामा पठाइने पनि कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १३:१०