एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड, प्रतिसेयर आम्दानी कति ?
१५ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२३ प्रतिशतले बढी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.९१ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १ अर्ब ६८ करोडबाट बढेर १ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ।

बैंकको वितरणयोग्य मुनाफा भने गत वर्षको ५ अर्ब ४९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५० प्रतिशतमा सीमित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा रहेको छ। असोज मसान्तसम्म बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
प्रकाशित मिति : November 1, 2026 at 10:28 am










