१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

एनआईसी एशियाको नाफामा सामान्य सुधार, खराब कर्जा कति ?

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो नाफा १२ करोड २२ लाख रुपैयाँ थियो। नाफा वृद्धि ४.३२ प्रतिशतमा सीमित छ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानीमा भने केही सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ९० लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७७ करोड ९० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा घटेर २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँमा झरेको छ । गत वर्ष १९ करोड ३५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर १६ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९९ प्रतिशत रहेको बैंककाे खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ९.८१ प्रतिशत पुगेको छ । अर्थात् एक वर्षमै खराब कर्जा २.८२ प्रतिशत विन्दुले बढेको हो । समीक्षा अवधिसम्म बैंकले ग्राहकबाट ३ खर्ब ४१ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, १ खर्ब ९१ अर्ब २० करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसाबाट बढेर ३ रुपैयाँ ३५ पैसा पुगेको छ ।

प्रकाशित मिति : November 1, 2026 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/