७ असार २०८३, आइतबार | Sun Jun 21 2026

७८.५० प्रतिशतले घट्यो हिमालयन लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

१६ साउन, काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्था (साबिक सिभिल लघुवित्त)ले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

लघुवित्तले सार्वजनिक गरेकाे विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५३ लाख खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७८.५० प्रतिशतले कम हो। अघिल्लो वर्षको साेही अवधिसम्म कम्पनीले ७ करोड १४ लाख खुद नाफा आर्जन गरेको थियो।

याे अवधिमा कमपनीकाे संचालन मुनाफा ७९.०४ प्रतिशतले घटेको छ ।  समीक्षा अवधिसम्म कम्पनीकाे खुद ब्याज आम्दानी २४.५२ प्रतिशतले घटेर २० करोड २३ लाख कायम भएकाे छ । अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २६ करोड ८० लाख रुपैयाँ रहेको थियो।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ। कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ४.८१ रुपैयाँ कायम भएको छ। कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३४.८५रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 1, 2023 at 2:00 pm