५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

सेयर बजारकाे ओरालाे यात्रा बिहिबार पनि कायमै, १ अर्ब ४ करोडमा खुम्चियाे कारोबार

२३ भदाै, काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१३ अकंले घटेर १९३७.७४ बिन्दुमा बन्द भएको छ ।

यसदिन २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११७ वटा कम्पनीको सेयरमूल्य बढेको छ ।

६१ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र मल्टीपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारको हिसावले आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सर्वाधिक भएको छ । कम्पनीको यस दिन १३ करोड १० लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा यस दिन सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १५:२४