१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

घलेम्दी हाइड्रोसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१२ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.५४ अकंले बढेर २६९५ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । यस दिन ६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

यस दिन घलेम्दी हाइड्रोको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ६१ लाख ४० हजार बराबरको कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको २५ करोड ३८ लाख ३९ हजार, लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख ९२ हजार, कुमारी बैंकको २३ करोड ५९ लाख ५५ हजार रुपैयाँ र ग्रिन भेन्चर्सको २३ करोड १५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : October 29, 2026 at 3:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/