नेपाल टेलिकमद्वारा २जी नेटवर्कमा सेल ब्रोडकास्ट प्रणालीको सफल परीक्षण
८ मंसिर, काठमाडौं । आपत्कालीन सूचना प्रवाहमा नयाँ प्रविधिको सुरुवात गर्दै नेपाल टेलिकमले २जी नेटवर्कमा सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिना र गृहमन्त्री सुदन गुरुङको संयुक्त उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टेस्ट बीटीएस साइटमा उक्त परीक्षण गरिएको हो । २जी नेटवर्कमा परीक्षण सफल भएसँगै अब यस प्रविधिलाई नेपाल टेलिकमले सबैभन्दा धेरै प्रयोगकर्ता रहेको ४जी नेटवर्कमा समेत परीक्षण गर्ने टेलिकमले जनाएको छ।
यो प्रविधिमार्फत बाढी, पहिरो, भूकम्पलगायतका विपद् तथा अन्य आपत्कालीन अवस्थाका सूचना र पूर्वचेतावनी मोबाइल प्रयोगकर्तासमक्ष छिटो, सहज र प्रभावकारी रूपमा पुर्याउन सकिन्छ । ‘विपद्को समयमा सही सूचना, सही समयमा’ भन्ने नाराका साथ नागरिकको सुरक्षा र आपत्कालीन सूचना प्रवाहलाई प्राथमिकतामा राख्दै प्रविधिको विकास र विस्तारमा निरन्तर क्रियाशील रहेको नेपाल टेलिकमले जनाएकाे छ ।
प्रकाशित मिति : November 24, 2026 at 6:01 pm













