९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले बाेलायाे साधारणसभा

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्तावसहित ३३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार मंसिर २९ गते भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे वार्षिक साधारणसभा आयोजना हुने भएको हो।

सभामा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

 सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक आर्थिक विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिनेछ। साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गर्नेछ।

यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। सभामा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी जानकारी गराउने एजेन्डासमेत रहेको छ। विशेष प्रस्तावअन्तर्गत बैंकको प्रबन्धपत्रका विभिन्न दफा संशोधन गर्ने प्रस्ताव पेस हुनेछ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र कम्पनी ऐनका व्यवस्थाअनुसार आवश्यक संशोधन गर्न लागिएको बैंकले जनाएको छ। त्यस्तै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत साधारणसभामा लैजाने भएको छ।

लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १७ गते एकदिनका लागि बुकक्लोज गर्ने भएकाे छ । यसकाे अर्थ मंसिर १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : November 24, 2026 at 5:27 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/