९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

मोदीले प्रधानमन्त्री बालेनलाई दिए पिता रामनारायणको पुरानो तस्बिर

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत भ्रमणमा रहेको समयमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई उनका पिता रामनारायण शाहको एउटा पुरानो तस्बिर उपहारस्वरूप प्रदान गरेका छन्।

पत्रकार अनिल गिरीका अनुसार उक्त तस्बिर प्रधानमन्त्री बालेनका पिता रामनारायण शाहले गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरमा स्नातकोत्तर अध्ययन गर्दाताकाको हो।

मोदीले उपहारमा दिएको तस्बिर ।

गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीका पिता रामनारायण शाहको उक्त पुरानो तस्बिर सार्वजनिक गर्दै मोदीले प्रधानमन्त्री बालेनलाई उपहारस्वरूप प्रदान गरेको जानकारी दिएका हुन्।

प्रधानमन्त्रीका पिताको विद्यार्थी जीवनसँग जोडिएको पुरानो तस्बिर भारतीय प्रधानमन्त्रीबाट उपहारस्वरूप प्राप्त हुनुलाई दुई देशबीचको उच्चस्तरीय भेटवार्ताको एउटा व्यक्तिगत र स्मरणीय प्रसंगका रूपमा हेरिएको छ। बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक मंसिर ६ गते भारत गएर ७ गते स्वदेश फर्किएका छन ।

प्रकाशित मिति : November 24, 2026 at 5:02 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/