१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका एमाले नेता मध्यरातमा अस्पताल भर्ना

९ कात्तिक, झापा । नेकपा एमाले नेता समेत रहेका  होटल व्यवसायी गोपीचन्द्र गिरी बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । ७२ वर्षीय गिरीलाई २५ लाख रुपैयाँको बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले गिरी पक्राउ परेको पुष्टि गरेका छन्।

प्रहरी हिरासतमा रहेका गिरीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। हिरासतमा रहेकै बेला राति करिब साढे १२ बजे छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बिर्तामोडका होटल व्यवसायीसमेत रहेका गिरी एमालेबाट निर्वाचित पूर्वजनप्रतिनिधि हुन्। उनीविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गिरीलाई बिर्तामोड नगरपालिका–५ स्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । उनीविरुद्ध भुवन कार्कीको जाहेरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : October 26, 2026 at 11:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/