१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

नेपाल बैंकका सम्पूर्ण सेवा बन्द हुँदै

१२ कात्तिक, काठमाडौं । नेपाल बैंकले शाखा समायोजनसम्बन्धी प्राविधिक काम गर्ने भएकाले आफ्ना सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ । बैंकले तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म सेवा बन्द गर्न लागेको हो ।

सेवा बन्द रहने अवधिमा बैंकिङ कारोबार गर्न नसकिने भएकाले आवश्यक काम समयमै सम्पन्न गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ । प्राविधिक काम सकिएपछि सेवा पुनः सञ्चालनमा आउने बैंकले जनाएको छ ।

सेवा बन्द रहने अवधिमा आवश्यक बैंकिङ कारोबार प्रभावित हुन सक्ने भएकाले बैंकले ग्राहकलाई समयमै कारोबार सम्पन्न गर्न आग्रह गरेको छ । साथै, सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : October 29, 2026 at 9:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/