३१ अकंले बढ्यो नेप्से, कारोबार रकम ६ महिनायताकै उच्च
१२ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.५४ अकंले बढेर २६९५ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । यस दिन ६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
यस दिनको कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो। यस अघि गत बैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएको थियो। बेनी हाइड्रोपावरको सेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य यस दिन ३.६५ प्रतिशत बढेको छ।
यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३५ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।
प्रकाशित मिति : October 29, 2026 at 3:17 pm










