सुनसरी बराहक्षेत्रकाे मतगणनामा अवरुद्ध
१ जेठ, काठमाडाै । सुनसरी बराहक्षेत्र नगरपालिकामा मतगणना को काम रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो ।
बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उम्मेदवार छन् भने उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । एमाले उम्मेदवार नीलम खनालले ६७८ मत ल्याउँदा कांग्रेसका रमेश कार्कीले ५७२ मत पाएका छन् ।
मत गणना गर्दा उम्मेदवार नै नभएको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो ।
निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।
प्रकाशित मिति : May 15, 2022 at 3:31 pm









