१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

पुलिस इन्सपेक्टर बनाइदिन्छु भन्दै घुस खाने तत्कालीन एमाले सांसद डिबी कार्की भ्रष्टाचारी ठहर

१७ असार, काठमाडाैँ । पुलिस इन्सपेक्टर बनाइदिन्छु भन्दै घुस खाने तत्कालीन एमाले सांसद डिबी कार्की भ्रष्टाचारी ठहर भएका छन ।सर्वोच्च अदालतले मंगलबार डोलबहादुर (डिबी) कार्कीलाई घुसकाण्डमा दोषी ठहर गरेको हो । उनी पुलिस इन्सपेक्टर बनाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस खाइरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए ।

मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले रंगेहात घुससहित पक्राउ परेका उनलाई दोषी ठहर गरेको हो । कार्कीसँगै स्वामी ब्रह्मानन्द उदासी पनि भ्रष्टाचारी ठहर भएका छन । उनीहरूले ४ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो। स्याङ्जाका उनलाई घुससहित पक्राउ गरेपछि एमालेले निलम्बन गरेको थियो। विशेष अदालतले उनलाई २०६७ चैतमा दोषी ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएको थियो । अब उनलाइ ६ महिना कैेद हुनेछ ।

प्रकाशित मिति : 22:29