११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

१० कात्तिक, काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। प्रदेश अध्यक्ष गुरागाईंले मंगलबार नै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेस गरेका थिए। प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) मा भएको व्यवस्था बमोजिम प्रदेश प्रमुख खापुङ्गले उक्त राजीनामा आगामी २०८३ कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।

प्रकाशित मिति : October 27, 2026 at 5:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/