आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
११ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला तीन हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति : October 28, 2026 at 11:08 am










