११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

१० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेमा बरुण हाइड्रोपावर र मन्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन भएकाे हाे ।

नेप्सेमा बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३२३.५३ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ३३८.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, मन्जुश्री फाइनान्सको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२३.३३ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ७५९.५० रुपैयाँ आधारमा मूल्य समायोजन गरेको छ । यी दुवै कम्पनीको सोही मूल्यको आधारमा बुधबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : October 27, 2026 at 5:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/