नेप्सेमा हरियाली छाउँदा लिब्रेटी इनर्जीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
११ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ। यस दिन ३ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ । आज लिब्रेटी इनर्जीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ५० लाख ७८ हजार बराबरको कारोबार भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको २८ करोड २६ लाख ४५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २६ करोड ४३ लाख ४३ हजार रुपैयाँ, अपी पावर कम्पनीको १९ करोड १७ लाख ८ हजार रुपैयाँ र सोलु हाइड्रोको १९ करोड ५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : October 28, 2026 at 3:20 pm










