१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नेकपा सांसद नविना लामाको संरक्षणमा रहेका काभ्रेका गुण्डा सत्यमान लामा ठगी आरोपमा पक्राउ

१७ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद नविना लामाको संरक्षणमा रहेका काभ्रेका गुण्डा सत्यमान लामा ठगी आरोपमा पक्राउ परेका छन ।यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका लामा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको विशेष टोलीबाट मंगलबार पुन पक्राउ परेका हुन । लामाले भूकम्प पीडितका लागि काभ्रेको तिमाल गाउँपालिकामा हस्पिटल बनाउँछु भनेर १ करोड ७५ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

लामाले ताइवानको संस्था ‘वल्र्ड विथ आउट सफरिङ’बाट रकम लिएर उनले काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको प्रहरीले जनाएको छ । यसअघि अघिल्लो वर्ष २८ असारमा काठमडौं प्रहरी परिसर, टेकुले सत्यमानलाई किसानको माला लुटपाट गरेको अभियोगमा पक्राउ गरेको थियो । तर, नेकपाकी सांसद् नविना लामाले उनलाई छुटाएकी थिइन् । लामा प्रहरीको सूचीमा क वर्गको गुण्डामा सूचीकृत रहेका छन ।

प्रकाशित मिति : July 2, 2019 at 9:12 pm