सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा पनि पूर्व राज्यमन्त्री सञ्जय टक्लालाई जन्मकैद
१७ असार, काठमाडाैँ । सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा पूर्व राज्यमन्त्री सञ्जय टक्लाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै पूर्वराज्यमन्त्री साहलाई जन्मकैदको फैसला सुनाएको छ । साहलाई हत्याकाण्डको योजनाकार मानिएको छ ।

सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ । २०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानी हत्या भएको थियो । पूर्वराज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विष्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ ।
प्रकाशित मिति : 20:07









