३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

त्रिवि सेवा आयोगमा चरम वेथितिः आफन्त उत्तीर्ण गराउन उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट

३० जेठ, काठमाडाैँ ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरुले अस्वाभाविक चलखेल गरेका हुन् । सेवा आयोगका पदाधिकारीहरुले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारी संलग्न गराएनन् ।

त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट गरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदिप कैनी र कृष्ण ज्ञवालीले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

–त्रिवि सेवा आयोगमा अख्तियारकाे छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

–नेताका नातेदार भर्तीमा त्रि वि सेवा आयोगको कीर्तिमानी, कसको नाता कोसँग ? (सूचीसहित)

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार ०७:५८