१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

त्रिवि सेवा आयोगमा अख्तियारकाे छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

३० वैशाख, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अख्तियारले छापा मारेकाे छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले खुला प्रतिस्पर्धा भनेर लिएको परीक्षामा नेताका नातेदारको बीचमा मात्र प्रतिस्पर्धा भएको खुलासा भएपछि अख्तियारले साेमबार छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएकाे हाे । परीक्षाको नतिजामा राजनीतिक दलका नेताका श्रीमति, साली, बहिनी, भतिजी र त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरूको नाम प्रकाशन भएको थियाे । लिखित परीक्षामा उत्तीर्ण हुनेमा केही प्रतिशत बाहेक सबै नेताका नातेदार रहेका थिए ।

त्रिवि सेवा आयोगले लिएको परीक्षा नै दुर्गन्धित बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको  थियाे। परीक्षाको बारेमा त्रिविका कर्मचारी संघ-संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायतत्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएपछि अख्तियारले छापा  मारेकाे हाे ।

 

सेवा आयोगले खुला र आन्तरिक प्रतिस्पर्धामा चर्को शुल्क लिएर परीक्षा सञ्चालन गर्ने तर नतिजा प्रकाशन पारदर्शी तरिकाले नगर्ने गरेको पाइएको छ । परीक्षामा सहभागी एक विद्यार्थीले प्रश्नपत्र तयार गर्नेक्रममै वा परीक्षामा मिलेमतो गरेर आफन्तलाई पास गराइएको बताएका छन । परीक्षाको उत्तरपुस्तिका जाँचका क्रममा अझ बढी अनियमितता भएको सेवा आयोगका कर्मचारीहरूले नै बताएका छन ।

परीक्षामा नेकपाका नेता हिमाल शर्माकी बहिनी, कांग्रेस नेता चन्द्र भण्डारीको छोरीदेखि, त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्माकी भतिजी, त्रिवि उपकुलपति तीर्थ खनियाको भतिजी, त्रिवि सेवा आयोगकै प्रमुख परशुराम कोइरालाकी छोरी, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्यकी छोरी, पूर्वरजिस्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका छोरी र ज्वाइँसम्म रहेका छन । सेवा आयोग स्रोतका अनुसार परीक्षामा ४० जनालाइ भनसुनकै अाधारमा उत्तीर्ण गराइएको छ ।

को कसका नातेदार हुन ? तल हेर्नुहोस् (स्रोतः त्रिवि सेवा आयोगका कर्मचारी)

याे पनि पढ्नुहाेस्

नेताका नातेदार भर्तीमा त्रि वि सेवा आयोगको कीर्तिमानी, कसको नाता कोसँग ? (सूचीसहित)

 

प्रकाशित मिति : May 13, 2019 at 8:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/