अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित काठमाडौँबाट २ जना पक्राउ
११ कात्तिक, काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित काठमाडौँबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक भवर गाए र बन्दित पटेल रहेका छन् ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १ किलो ३३८ ग्राम गाजा र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको
प्रकाशित मिति : October 28, 2026 at 1:43 pm










