प्रतिबन्धित औषधि बिक्री गर्दा नुवाकोटका टलकमान श्रेष्ठ र केदार खड्का प्रहरी नियन्त्रणमा
२३ वैशाख, नुवाकोट । नुवाकोटको बट्टारमा दुई मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा परेका छन । औषधि व्यवस्था विभागको टोलीको अनुगमन निरीक्षणका क्रममा प्रतिबन्धित औषधि बिक्री गरेको पाइएकोले सम्मान मेडिकलका टलकमान श्रेष्ठ र अन्जना मेडिकल केदार खड्का प्रहरी नियन्त्रणमा परेका हुन ।
उनीहरूले चिकित्सकको सिफारिस बिना पनि संवेदनशील औषधिहरू बिक्री गरेको पाइएपछि अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । दुबै मेडिकलबाट केही माात्रामा प्रतिबन्धित औषधिहरू समेत बरामद भएको छ । यस सम्बन्धमा विभागको टोली र प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण प्राप्त हुन बाँकी रहेको छ । विदुर नगरपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष श्रेष्ठ नेकपा एमालेका नेता समेत हुनुहुन्छ ।

श्रेष्ठले यसअघि अनुगमन टोलीमाथि नै विज्ञप्ति मार्फत दूर्व्यवहार समेत गर्नुभएको थियो । श्रेष्ठको सम्मन मेडिकल हलमाथि यसअघि पनि संयुक्त अनुगमन टोलीले दुइ लाख रूपमा जरिवाना गरेको थियो ।
यो पनि पढ्नुहोस्
नुवाकोटका औषधि व्यापारीको दादागिरी, जरिवाना तिर्नुको साटो अनुगमन टोलीलाई चेतावनी
प्रकाशित मिति : 18:10









