नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु
२२ वैशाख, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य अगाडि बढाइएको हो ।
महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित भएको छ ।
अन्य पदाधिकारीहरूका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरेले प्यानल बनाएर चुनावी मैदानमा रहनुभएकाे छ । ढकाल वरिष्ठ उपाध्यक्षमा उठ्नुभएकाे छ भने घिमिरेको समूह भने वरिष्ठ उपाध्यक्षको उम्मेदवार बिना नै चुनावी मैदानमा छ ।
ढकालको टिमबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, उमेश डालमिया, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिनुभएकाे छ ।
त्यस्तै, घिमिरेको टिममा एसोसिएटतर्फ प्रवलजंग पाण्डे, जिल्ला नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी दिनुभएकाे छ ।
प्रकाशित मिति : 11:20









