रोशीमा फसेका पाँच माइक्रोबसबाट ६० यात्रुको उद्धार
२१ वैशाख, काठमाडौँ । रोशी खोलामा फसेका पाँच वटा माइक्रोबसबाट ६० यात्रुको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ चारसय बेसीस्थित रोशी खोलामा फसेका सवारीबाट यात्रुको सकुशल उद्धार गरिएको हो ।

सशस्त्र प्रहरीले डोरी र एक्स्काभेटरको माध्यमबाट उद्धार गरेको थापाले बताउनुभयो । चालकहरूले बाढी देख्दादेख्दा जवर्जस्ती गाडी हाल्दा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई सवारी रोक्न अनुरोध गर्दागर्दै अटेरी गरेको बताइएको छ ।
बिपी राजमार्ग सडक खण्डमा रोशी गाउँपालिका(७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेका १५० वटाभन्दा बढी सवारी साधन रोकेर राखिएको छ ।
प्रकाशित मिति : 23:17









