रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु
१७ वैशाख काठमाडौँ । रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
थवाङ गाउँपालिका–१ जलजलामा जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट खस्दा अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप जानकारी आउन बाँकी छ ।
प्रकाशित मिति : 18:17









