राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
१७ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नुभएकाे छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएकाे हाे ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 16:41









