सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
१४ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त हुनुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदै हुनुहुन्छ । उहाँ २०७९ वैशाख १८ गते आईजीपी नियुक्त हुनुभएकाे थियाे।
प्रकाशित मिति : 15:19









