९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मालपोत कार्यालयका कर्मचारीलाई काम गर्न अवरोध पुर्याउने ११ विचौलिया पक्राउ

९ वैशाख, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरुलाई आज पक्राउ गरिएको जानकारी दिनुभयो ।

लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पुर्याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 20:38