दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ स्थगित
२ मंसिर, काठमाडौं । व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको पेसी भट्टका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।
प्रकाशित मिति : November 18, 2026 at 2:33 pm













