बराह बचतका अध्यक्ष शिव लामिछाने पक्राउ, ५ अर्ब ८८ करोड हिनामिनाको आरोप
२ मंसिर, काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। उनलाई सिआइवीको टोलीले पक्राउ गरेको गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

गुरुङका अनुसार विश्वकर्मामाथि सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। बराह सहकारीका हजारौँ बचतकर्ताको रकम अपचलन भएको विषय लामो समयदेखि विवादमा रहँदै आएको छ। बचत फिर्ता नपाएपछि पीडितहरूले पटकपटक आन्दोलन र कानुनी कारबाहीको माग गर्दै आएका थिए।
गृहमन्त्री गुरुङले पूर्वी नेपालका बचतकर्ताले भोग्दै आएको पीडालाई सम्बोधन गर्न आफूले पदभार सम्हालेकै दिनदेखि आरोपितहरूको खोजीलाई तीव्र बनाएको बताएका छन्। उनले सहकारी प्रकरणमा संलग्न अन्य फरार आरोपितहरूको खोजी र कारबाही प्रक्रिया पनि तीव्र बनाइने बताएका छन्।

प्रकाशित मिति : November 18, 2026 at 2:20 pm











