रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
२७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
बुधबार न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि रिटलाई आउँदो चैत १ गतेका लागि पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिएको हो ।
महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिनुभएको थियो । त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए ।
प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १४:४०










