४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढ्यो, असोजमा मात्रै भित्रियो २ खर्ब ६७ अर्ब

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षकाे असोजसम्ममा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो ।

२०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ । भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो । गत आव असोजमा २ खर्ब १ अर्ब २२ करोड भित्रिएको थियो । चालु आव असोजमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशत वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष २९.२ प्रतिशत बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड थियो । चालु आव असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ र पुन: श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख २३ हजार ४ सय ५९ र ७७ हजार २ सय ५७ थियो ।

प्रकाशित मिति : November 19, 2026 at 5:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/