मलेसिया श्रमिक ठगी प्रकरणः २ पूर्वमन्त्रीसहित पक्राउ परेका ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
३ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेकाे तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङविरुद्ध म्याद थप गरिएको हो ।
सीआईबीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रकाशित मिति : November 19, 2026 at 5:38 pm













