पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी
३ मंसिर, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। सिआइबीले अर्यालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो। वैदेशिक रोजगारी (मलेसिया) जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनीविरूद्ध पक्राउ पुर्जी लिइएको हो।

यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई सिआइबीले बुधबार नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति : November 19, 2026 at 3:47 pm











