एमालेको राष्ट्रिय भेलाले पारित गरेको २१ बुँदे संकल्प प्रस्तावमा के छ ?
३ मंसिर, काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला बिहीबार कार्की बैंक्वेट काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको भेला बिहीबार २१ बुँदे समसामयिक विशेष प्रस्ताव र संकल्प पारित गर्दै सम्पन्न भएको हो ।

भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ । भेलामा अध्यक्ष केपी शर्मा ओलीले आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ’पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष रामबहादुर थापा बादलले ’राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा प्रस्ताव राखेका थिए।

प्रकाशित मिति : November 19, 2026 at 4:59 pm













