तलब तथा ज्याला सूचकाङ्क १०.७५ प्रतिशतले वृद्धि
३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा तलब तथा ज्याला सूचकाङ्क १०.७५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असोज महिनामा यस्तो सूचकाङ्क ४.३५ प्रतिशतले मात्रै बढेको थियो ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार प्रदेशगत रूपमा मधेश प्रदेशमा तलब तथा ज्याला सूचकाङ्क सबैभन्दा धेरै बढेको छ । समीक्षा अवधिमा मधेश प्रदेशको यस्तो सूचकाङ्क १६.९४ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, कोशी प्रदेशमा १६.४२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १२.२९ प्रतिशत र बागमती प्रदेशमा १०.२१ प्रतिशतले तलब तथा ज्याला सूचकाङ्क बढेको छ । यस्तै, लुम्बिनी प्रदेशमा ७.२७ प्रतिशत, कर्णाली प्रदेशमा ३.०४ प्रतिशत र गण्डकी प्रदेशमा २.६६ प्रतिशतले यस्तो सूचकाङ्क वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : November 19, 2026 at 6:00 pm













