निर्वाचन आयोगले भन्योः देशभर करिब ६० प्रतिशत मत खसेको छ
२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत प्रारम्भिक मत खसेको बताएको छ । बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।
यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उहाँले बताउनुभयो । मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १८:३५










