२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

स्याङ्जाको एक केन्द्रमा रोकियो मतदान

२१ फागुन, काठमाडौं । स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको हो ।

मतदान अधिकृतले प्रत्यक्षतर्फ मतपत्रमा हस्ताक्षर नगरेको विषयमा विवाद भएपछि मतदान रोकिएको हो । अहिले स्थानीय दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १३:३४