देशभरि ११ बजेसम्म खस्यो १०.१८ प्रतिशत मत
२१ फागुन, काठमाडौं । देशभरि बिहान ११ बजेसम्म १०.१८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेका छन् । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १२:०७










