निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छः निर्वाचन आयुक्त तुलाधर
१७ फागुन, काठमाडाैं । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गर्नुभएको छ ।
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै आयुक्त तुलाधरले सबै तहका सरकार र सरोकार भएका पक्षसँग सहकार्य र सहयोगका लागि अनुरोध गर्नुभएको हो । आयुक्त तुलाधरले मुलुक निर्वाचनमय भइसकेको र सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १३:४०










