शुक्रबार सार्वजनिक बिदा
१४ फागुन, काठमाडाैं । गुल्मीका ९ स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएका छन् । मगर दिवसको अवसरमा गुल्मीका ९ स्थानीय तहल फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएका हुन् ।
शुक्रबार सार्वजनिक बिदा दिनेमा कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिका रहेका छन् ।
सो दिन सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरु बन्द रहनेछन् ।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ११:२४










