निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने
१३ फागुन, काठमाडौं । सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निः शुल्क उपचार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
साथै, सो अवधिमा कोही सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १४:४१










