१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

निर्वाचनलाई मध्यनजर गर्दै निगमले बढायो एलपी ग्यासको आयात

१३ फागुन, काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गरेर नेपाल आयाल निगमले एलपी ग्यास आयात उल्लेख्य रुपमा वृद्धि गरेको छ । निगमले निर्वाचनलाई मध्यनजर गरेर थप ग्यास आयात गरिरहेको जनाएको छ ।

यो वर्षको सबैभन्दा बढी ग्यास मंगलबार हिजो भारतीय आयल कर्पोरेसनबाट नेपालका लागि लोड भएको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिनुभयो ।

 निगमका अनुसार हिजो मात्रै बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास लोड भएको छ । उक्त परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १२:१९